"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रुसी कम्पनीले बनायो निल आर्मस्ट्रङ्गका नामबाट महंगा आइफोन

काठमडौँ ,रुसी लक्जरी ब्राण्ड काभियरले एलन मस्कदेखि निल आर्मस्टंग सम्मका चर्चित व्यक्तिहरुको थिममा आधारित आइफोन उत्पादन गरेको छ । काभियरले एलन मस्क, जेफ बेजोस, युरी गागरिन र निल आर्मस्ट्रंगको थिममा आधारित आइफोन १२ र आइफोन १२ प्रो म्याक्सको सिमित संस्करण बजारमा ल्याएको हो ।

पहिलो अन्तरीक्षयात्री युरी गागरिन अन्तरीक्षमा पुगेको ६० वर्ष पुगेको अवसरमा कम्पनीले ती लक्जरी आइफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले यी कस्टमाइज्ड आइफोनलाई स्पेस कन्क्वेरर्स अर्थात् अन्तरीक्ष विजेता आइफोन संस्करणको नाम दिएको छ ।

स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले पृथ्वी बाहेकका ग्रहहरुमा समेत बसोबास गराई मानव जिवनलाई बहुग्रहयुक्त बनाउने विषयमा लामो समयदेखि पैरवी गर्दै आएका छन् । उनको कम्पनी स्पेस एक्स यहीँ विषयमा कार्यरत छ । त्यस्तै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले अन्तरीक्षमा आफ्नै इन्टरनेट स्याटेलाइट स्थापित गर्ने योजना बनाएको छ ।

अन्तरीक्षमा पुग्ने पहिलो मानवको रुपमा रहेका युरी गागरिनको नामबाट बनाइएको आइफोन १२ प्रो म्याक्स गागरिनमा टाइटानियम र कम्पोजिट पथ्थरको प्रयोग गरिएको छ । फोनको पछाडिको हिस्सामा युरी गागरिनलाई अन्तरीक्षमा पूराउने भोस्तोक १ अन्तरीक्षयानको टुक्रा समेत राखिएको छ ।

त्यस्तै रुसी अन्तरीक्षयात्रीले लगाउने गरेको नेभिगेटर घडी पनि फोनको पछाडिको भागमा राखिएको छ । आइफोन १२ प्रो म्याक्सको युरी गागरिन संस्करणका केवल १२ थानमात्रै आइफोन उत्पादन गरिनेछ र यसको मूल्य ८९२० अमेरिकी डलर हुनेछ ।

त्यस्तै स्पुतनिक नामक अन्तरीक्षयनको विकास गर्ने सर्गेइ कोरोलेभ, जसलाई व्यवहारिक अन्तरीक्ष विज्ञानका पिता पनि भनिन्छ, को नाममा समेत आइफोन १२ प्रो म्याक्सको लक्जरी फोन बनाइएको छ । स्मरण रहोस् स्पुतनिक १ मा लाइका नामक कुकुरालई राखेर अन्तरीक्षमा पठाइएको थियो । उक्त संस्करण केवल ९९ थान उत्पादन गरिनेछ र त्यसको सुरुवाती मूल्य ६७६० अमेरिकी डलर तोकिएको छ ।

चन्द्रमामा पहिलो पाइला टेक्ने निल आर्मस्ट्रंगको नाममा तयार भएको आइफोन संस्करणको जम्मा ११ थान उत्पादन हुनेछ र यसको मूल्य ६४५० डलर हुनेछ । त्यस्तै टेस्ला तथा स्पेस एक्सका सिइओ एलन मस्कको नाममा तयार पारिएको आइफोन १२ प्रो म्याक्स मस्कको जम्मा १९ थान तयार हुनेछ र त्यसको मूल्य ६६१० डलर हुनेछ ।
त्यस्तै आइफोन १२ प्रो म्याक्सको जेफ बेजोस मोडेलको मूल्य ५८४० डलर रहेको छ ।

एजेन्सीको सहयोगमा

२०७८ वैशाख ८ गते बुधवार १४:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु