"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गलले हिर्काएर देवरले भाउजुको हत्या

काठमाडौं, काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरेका हुन् । फलामको गलले हिर्काएर ४८ वर्षीय मोहनराजले भाउजूको हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । देवरले हिर्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृत घोषणा गरेका छन् ।

हत्या आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड बरामद गरेको छ । भाउजूले एक्कासि गाली गरेपछि लात्ती, मुड्की र गलले हिर्काएर हत्या गरेको आरोपीले साविती बयान दिएका छन् ।

२०७८ वैशाख ५ गते आइतवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु