"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या

भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताए ।

विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो । मृतक राई आशिष खुलाल, महोत्तरी जिल्ला घर भइ मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बलसँग सिपाडोल गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खुलाललाई भेटेर गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीको क्रममा वादविवाद भई झै–झगडा भएको देखिन्छ,’ डीएसपी गिरीले भने । झगडाको क्रममा खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि योञ्जन र बल झ्यालबाट भाग्न सफल भएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।

राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले राईको हत्या गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार स्थायी घर भई सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल गाई पालन गर्ने गोकुल बहादुर खुलालको छोरा वर्ष २० का आशिष खुलाललाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रहरी नायव उपरीक्षक गिरीले रातोपाटीलाई जानकारी दिएका छन् ।

२०७८ वैशाख ३ गते शुक्रवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु