"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ता अधिकार बिषयको सचेतना गोष्ठी सम्पन्न

काठमाडौँ, ग्यास सिलिन्डर प्रयोगबाट बढ्दै गइरहेको जोखिम न्यूनीकरणका लागि कन्जुमर आई नेपालको आयोजनामा सर्लाहीको मलंगवा र धनुषाको जनकपुरमा ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ता अधिकार बिषयको उपभोक्ता सचेतना गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा सर्लाही जिल्ला समन्वय समितिका प्रमुख मेयर चौधरीले बजारमा थुप्रै विसंगतिहरु रहेको छन । त्यसैले बजारलाई व्यवस्थित बनाउन जरुरी भएको हुनाले ब्यापारी व्यवसायीहरुले आफ्नो व्यवसायिक दायित्व पुरा गर्नु पर्ने र उपभोक्तापनि चनाखो बन्नु पर्ने साथै उपभोक्ता अधिकार हामी सबैको चासोको बिषय भएको हुनाले सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

त्यसै गरी मलंगवा नगरपालिकाका मेयर निरसल शाहले बोर्डर पारी सामान सस्तोमा पाइने तर हाम्रो बजारमा त्यही सामान डबल दाम पर्ने भएको हुनाले उपभोक्ता बोर्डर पारीको बजार प्रति आकर्षित भएको छन । ग्यास जस्तो संबेदनशिल बिषयमा सबैको सहि तरिकाले प्रयोग गर्ने विधिका बारेमा जान्न आवस्यक भएको यस्तो कार्यक्रम मलंगवामा पहिलो पटक कन्जुमर आई नेपालले आयोजना गरेकोमा हार्दिक धन्यबाद दिदै ग्यास सिलिन्डर तौल गरेर बिक्रि बितरण गर्न अनुरोध गर्दै कार्यक्रम अत्यन्तै उपयोगी भएको मन्तब्य राख्नु भएको थियो ।

सर्लाही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले प्रत्येक जिल्लामा सहायक सिडियो निरीक्षण अधिकारी हुने व्यवस्था भएपनि सर्लाहीमा अन्य ब्यक्ति निरीक्षण अधिकारी बनाइएको जानकारी गराउनु भयो ।

बजार अनुगमनलाइ प्रभावकारी बनाउने कुरामा जोड दिदै बजारलाई अनुसासित बनाउन सबैको सहयोग आवश्यक रहेको मन्तब्य ब्यक्त गर्नु भयो । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले प्रदेश नम्बर दुइले सिडियोलाई निरीक्षण अधिकारी तोकेको हुनाले आफ्नो जिम्मेवारी पुरा गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो ।

मुल्य सुची नराख्दै ,मिति सकिएका (डेट एक्सपाएर)सामान बिक्रि गर्ने बिल बिजक नराख्नेलाई नछाड्ने र बजारलाई शुद्ध बनाउन प्रभावकारी अनुगमन योजना बनाईने कतै कैफियत देखिएमा कडा कारबाही गरिने मन्तब्य राख्नु भएको थियो ।

त्यसै गरी खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा प्रमुख बिजय खनालले खाद्य स्वच्छताको बारेमा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कन्जुमर आई नेपालका अध्यक्ष बिमला खनालले ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ता अधिकार बिषयमा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

२०७७ चैत ३१ गते मंगलवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु