"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

समयमै दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, नतिरे जरिवाना

काठमाडौं,सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै तिर्न भनेकोे हो । आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।

विभागले चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न भनेको छ । विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । समयमा कर नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी दिएको छ ।

२०७७ चैत २५ गते बुधवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु