"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

धुम्बाराही तरकारी बजारमा पनि नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरु

काठमाडौं, नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा शुरु गरेको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवाको शुरुवात गरे ।

अब धुम्बाराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङ्गको क्यूआर कोडमार्फत भुक्तानी गरेर उक्त सेवाको शुरुवात गरेका थिए ।

सो क्रममा निर्देशक कँडेलले विगतका दिनहरूमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको बताए । बैंक तथा वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धिका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेको निर्देशक कँडेलले बताए ।

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानीतर्फ परिवर्तन भइरहेको पाइएको बताए ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको जनाएको छ । अहिले बैंकको साथमा देशभर ३ हजार​ भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् ।

२०७७ चैत २४ गते मंगलवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु