"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मकवानपुरका १,२१९ ले कोरोनाविरुद्धको खोप लगाए

मकवानपुर । मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ ।

हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

२०७७ माघ २२ गते बिहीवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु