२४ घण्टामा ५ सयल २ जनामा कोरोना पुष्टि, थप १७ जनाको मृत्यु

बितेको २४ घण्टामा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् ।
२०७७ मंसिर २ गते मंगलवार १६:४५ बजे प्रकाशित