प्रदेश माा थप ११७ जनामा कोरोना पुष्टि
जनकपुर । प्रदेश नं २मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९, पर्सामा १४, बारामा चार, महोत्तरीमा १०, रौंतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा पाँच र सिरहामा ३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक हजार नौं जना छन् भने अहिलेसम्ममा सङ्क्रमणबाट १७ हजार ५८१ जना उपचार गराइ निको भएर घर फर्केका छन् । यसैगरी प्रदेशमा १६५ जनाको सङ्क्रमणको कारण मृत्यु छ । होम आइसोलशनमा ९८६, सघन कक्षमा उपचार कक्षमा ४३ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको जनाइएको छ ।
२०७७ कात्तिक २१ गते शुक्रवार २०:१७ बजे प्रकाशित