"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रुसका राष्ट्रपति पुटिनद्वारा कोरोना खोप बनाएको घोषणा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाको खोप बनाएको घोषणा गरेका छन् ।

उनले मंगलबार कोरोनाको खोपले रुसको नियामक निकायको स्विकृति पाएको बताएका हुन् ।

खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले स्विकृत गरिसकेको बताइन्छ भने फ्रन्ट लाईनमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा गम्भिर विरामीहरुलाई दिईने बताइएको छ ।

गमालेया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको खोपको विश्वासनियताप्रति केही अन्तराष्ट्रिय समुदायले भने शंका व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसलाई केही समय अघि हतार नगर्न भने पनि पछिल्लो प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

पुटिनका अनुसार छिट्टै ठुलो मात्रामा खोपको उत्पादन सुरु गरिनेछ र विश्वभरी उपलब्ध गाराईने छ ।

२०७७ साउन २७ गते मंगलवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु