"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एसईईको नतिजा यही साता सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले आन्तरिक मूल्यांकनका आधारमा एसइईको नतिजा सार्वजनिक गर्न लागेको हो ।

७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको उनले बताएका छन् ।

यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ ।

मन्त्रिपरिषद्ले कोरोना संक्रमणका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

२०७७ साउन १६ गते शुक्रवार २०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु