"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई अनुमति

काठमाडौं । सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ ।

उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयले अनुमतिमा मन्त्रिपरिषदले  दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिकटन चिनी आयात गर्न मन्त्रिपरिषदबाट स्वीकृत प्राप्त भएको छ,’ सहप्रवक्ता केसीले भनिन् ।

सरकारी कम्पनीमा चिनीको मौज्दात कम हुँदै गएपछि उद्योग मन्त्रालयले अर्थसँग दुवै कम्पनीमार्फत ५० हजार मेट्रिकटन चिनी आयतका लागि सहमति मागेको थियो । तर अर्थमन्त्रालयले ३० हजार मेट्रिकटनका लागि मात्रै स्वीकृत दिएपछि उक्त प्रस्ताव मन्त्रालयले यसै साता मन्त्रिपरिषद्मा पठाएको थियो ।

नेपालमा दैनिक दुई हजार मेट्रिकटन चिनीको खपत हुन्छ । हाल सरकारी स्वमित्वको दुई कम्पनीसँग झण्डै एक हजार मेट्रिकटन मात्रै चिनीको मौज्दात बाँकी छ ।

नेपाली चिनी उत्पादन गर्ने उद्योगहरुसँग अघिल्लो सातासम्म झण्डै ७ हजार मेट्रिकटन मात्रै चिनी मौज्दात रहेकोमा अहिले लगभग सकिने अवस्थामा पुगेको चिनी उत्पादक संघले जनाएको छ ।

२०७७ साउन १६ गते शुक्रवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु