"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज स्वदेश फर्कँदै

बैतडी । भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ । स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ ।

२०७७ वैशाख १८ गते बिहीवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु