"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं.१ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहत्ताले जानकारी दिए । बाँकी नमूनाको जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रवतmा डा मेहत्ताका अनुसार झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, संखुवासभाबाट एक, भोजपुरबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट चार र पाँचथरबाट तीन जनाको नमूना सङ्कलन भएको छ । हिजो मात्रै मोरङबाट दुई, सुनसरीबाट एक, भोजपुरबाट दुई र उदयपुरबाट तीन जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पठाइएको मन्त्रालयका प्रवक्ता डा मेहत्ताले जानकारी दिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना सङ्क्रमण परीक्षण शुरु भएपछि रिपोर्ट छिटो आउन थालेका र हिजो मात्रै १२ जनाको रिपोर्ट आएको बताइएको छ । डा। मेहताका अनुसार प्रदेशभरिमा आज सम्म कोरोना भाइरसका शङकास्पद ११९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १०६, मोरङ र झापाबाट पाँच÷पाँच जना छन् । आईसोलेशनमा तीन पुरुषसहित नौ जना बिरामी भर्ना भएकोमा ओखलढुङ्गा, उदयपुर र पाँचथरबाट दुई÷दुई जना महिला र सोलुखुम्बु, पाँचथर र ताप्लेजुङबाट एक÷एक जना पुरुष आईसोलेशनमा भर्ना भएका हुन् ।

प्रदेश नं। १ का ४३ अस्पतालले ३८५ शय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको प्रवक्ता डा। मेहताले बताए । उनका अनुसार प्रदेशभरमा ३६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा हिजो एक हजार २४६ बिरामी आएको डा। मेहताले भने । प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामग्री ५०७ थान वितरण भएको छ ।

२०७६ चैत २० गते बिहीवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु