"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

लकडाउन अवधिमा नुन चिनी सकियो चिन्ता नगर्नुस्, अब साल्ट ट्रेडिङले उपभोक्ताको घरमै ल्याइदिनेछ

काठमाडौं । लकडाउन अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्ताका लागि नुन चिनी घरघरमै पुर्याइदिने बताएको छ ।

कोरोना भाइरसबाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले अहिले घर–घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ ।

सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि खरिद गर्न नपाएको गुनासो आएपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। नुन प्रतिप्याकेट २० रूपैयाँ पर्छ भने चिनी प्रतिकिलो ७३ रुपैयाँ पर्छ ।

त्यसैगरी, साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट संचालन गरी खाद्ययान्न विक्री गर्दै आएको छ।

२०७६ चैत १७ गते सोमवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु