लकडाउनको बेलामा पनि अत्यावश्यक खाद्यान्न वस्तुको पसलहरु खोल्न दिइने सरकारको निर्णय

काठमाडौं । आजदेखि घोषणा गरिएको लकडाउनको बेलामा पनि अत्यावश्यक वस्तुको पसलहरु सरकारले खोल्न दिने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले एक विज्ञप्ती सार्वजनिक गर्दै अत्यावश्यक वस्तुको विक्री वितरण नियमित सञ्चालन हुन दिने जनाइएको हो ।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै खाद्यवस्तु, औषधी र औषधीजन्य पदार्थ तथा खाना पकाउने ग्याँस बिक्रि वितरण हुने पसल तथा बिक्री कक्षाहरु नियमित सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गरि भीड हुन नदिई बिक्री वितरण गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिग मार्टहरुलाई पनि नियमित बिक्री वितरणको व्यवस्था मिलाउन र ग्राहककै ठेगानामा डेलिभरि गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै बिक्री वितरण कक्षमा काम गर्ने मजदुरहरुलाई स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
यस्तो छ उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयद्वारा जारी विज्ञप्ती
२०७६ चैत ११ गते मंगलवार १७:५१ बजे प्रकाशित