"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतमा जनता कर्फ्युु, प्रभाव सीमावर्ती नेपाली भूभागमा पनि

काठमाडौं । प्रदेश २ को आठवटै जिल्लाको भारतसित जोडिएका अधिकांश सीमानाकाहरू बन्द भएका छन्।

केही जिल्लाहरूमा नाका खुला रहेपनि भारतमा आइतवार ‘जन कर्फ्य’ लगाइएकाले सबै नाकाहरू बन्द भएका छन्।

त्यसको प्रभावले सीमा क्षेत्रका नेपाली बजारहरू समेत बन्द भएका छन् ।

पर्सा जिल्लाको नाकाहरूबाट आउजाउ गर्न शनिवारसम्म दिइएपनि आइतवार पूर्ण रुपमा आवागमन बन्द गरिएकोछ।

भारतले नेपालसित खुला गरेको चारवटा प्रमुख नाकाहरू मध्ये बीरगञ्ज-रक्सौल नाकापनि हो।

तर भारतीय क्षेत्रमा नाका बन्द गरिएपछि नेपालबाट मानिसलाई जान दिइएको छैन।

बारा जिल्लाको पनि सबै नाकाहरू बन्द भएका छन्। बारा जिल्लाको पनि सबै नाकाहरू बन्द रहेको रुद्रप्रसाद पण्डितले जनाए।

अन्य दिनमा समान्य जाँचपछि आवतजावत गर्न दिएपनि आइतवार पूर्ण रुपमा बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले भारतीय पक्षबाट नै आउजाउमा रोक लगाइएपनि नेपालीहरूपनि त्यस तर्फ जान पाएका छैनन्।

रौतहट जिल्लाका पनि सबै नाकाहरू बन्द गरिएका छन्।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ८ वटै नाका बन्द गरिएको बताए।

मुख्य नाका बैरगनिया बन्द भएपछि गौर नगरको बजारपनि नराम्ररी प्रभावित भएका छन्। गौरका अधिकांश पसलहरू बन्द भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सीमा क्षेत्रमा नेपाली पक्षबाटपनि उच्च सतर्कता अपनाइएकोछ।

सर्लाही जिल्लाको २३ वटा नाका मध्ये मलङ्गवा र बलरा नाका खुला राखिएकोछ।

तर आइतवार त्यसबाटपनि आउजाउ भएको छैन।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार सीमा क्षेत्रमा हेल्थ डेस्क लगायत सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ।

आउजाउ गर्ने मानिसहरुलाई तापक्रम जाँच गर्ने र शङ्कास्पद देखिएका मानिसहरूलाई तत्काल जिल्ला अस्पतालमा पठाइने गरिएको जीसीले जनाए।

सप्तरी जिल्लाको ९ नाका मध्ये ८ वटा बन्द रहेका छन्।

एकमात्र कुनौली भन्सार खुला रहेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाए।

२०७६ चैत ९ गते आइतवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु