"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारी कोटामा पढेका डाक्टरलाई कोरोना उपचारमा खटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई कोरोनाभाइरस संक्रमणको उपचारमा खटाउने भएको छ।

आइतबार मन्त्रालयले सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको हो।

स्वास्थ्य मन्त्रालयले चार बुँदे सर्कुलर जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस ) रोगका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रदेश अन्र्तगत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो ।

२०७६ चैत ९ गते आइतवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु