अमेरिकी डलरको भाउ बढ्याे

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउमा फेरबदल भइरहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा शुक्रबार एक डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको भाउ आइतबार एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको उल्लेख गरिएको छ ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ चैत ९ गते आइतवार ११:०९ बजे प्रकाशित