सुन एकै दिन तोलामा १५ सय रुपैयाँले घट्यो, तोलामा ७५ हजार रुपैयाँ

काठमाडौं । कोरोनाको कारण विश्व अर्थव्यवस्थामा परेको प्रभावले सुनको मुल्यमा पनि अनौठो उतार चडाब देखिएको छ । मंगलबारको तुलनामा बुधबार १ हजार रुपैयाँले बढेको सुनको मुल्य बिहिबार आउँदा झण्डै १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाएअनुसार बिहिबार छापावाल सुनको मुल्य तोलामा ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ रहेको थियो । महासंघले जनाएअनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मुल्य बिहिबार घटेर प्रतितोला ६ सय ८० रुपैयाँ पुगेको छ ।
महासंघले जनाएअनुसार समग्रमा आइतबारदेखि सुन तथा चाँदीको मुल्यमा निरन्तर गिरावट छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मुल्यमा देखिएको घटबढका कारण नेपालमा पनि प्रभाव परेको महासंघको भनाइ छ ।
२०७६ चैत ६ गते बिहीवार १७:१० बजे प्रकाशित