"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारका निर्णय : कोरोना भाइरस नियन्त्रणमा कडाई, सबैमा आग्रह

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले फिल्म हल, जिम हल, डान्स बार तथा क्लब, स्वीमिङ पुल लगायतका बढी भीडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ।

बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई त्यस्ता ठाउँ बन्द गर्न निर्देशन दिएको हो । समितिले अब पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा समेत २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ नबस्न आग्रह गरेको छ ।

समितिको निर्णयको २ नं। बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

यस्तै उक्त समितिले पश्चिम एशियाका खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ ।

२०७६ चैत ६ गते बिहीवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु