"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले दैनिक उपभोग्य वस्तुका सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी गराउनुभएको हो ।

खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको उहाले बताउनुभयो । मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी रहेको भन्दै यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने जानकारी दिनुभयो । उहाले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताउनुभयो ।

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो एक बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिनुभयो । बैठकले बजारमा दैनिक उपभोग्य समानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गूणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

त्यस्तै कालोबजारी गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न पनि सरकारलाई निर्देशन दिइएको उहाले बताउनुभयो । कोरोना भाइरसको महामारी फैलिएको भन्दै र बजारमा दैनिक उपभोग्य अभाव नहुने गरि प्रचारप्रसा गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले खुलेआम कालोबजारी भएपनि यसलाई नियन्त्रण गर्न चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

२०७६ चैत ४ गते मंगलवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु