पश्चिमी वायुको प्रभाव, यी स्थानमा असिना पानीसहित हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण हाल देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भएको छ ।
यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
२०७६ चैत १ गते शनिवार १०:४८ बजे प्रकाशित