सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला रु ८२ हजार सात सय रुपैंयाँ

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
मंगलबार छापावल सुनको मुल्य प्रतितोला रु ८२ हजार सात सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिलेसम्मकै महंगो हो ।
त्यस्तै तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ ।
कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७६ फागुन २७ गते मंगलवार १५:४२ बजे प्रकाशित