मौसममा पश्चिमी वायुको प्रभाव : यी स्थानहरुमा चट्याङसहित वर्षाको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण देशको केही पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
त्यसैगरि बुधबार पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भू–भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावाना छ ।
२०७६ फागुन २७ गते मंगलवार ०९:३२ बजे प्रकाशित