"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

साल्ट ट्रेडिङ : १० महिना भन्दा बढिलाई पुग्ने नुन स्टक छ

काठमाडौं । बजारमा नुन अभाव भएको समाचारप्रति साल्ट ट्रेडिङ कर्पाेरसन लिमिटेडको ध्यानाकर्षण भएको छ । विभिन्न संचार माध्यम एवं बजारमा नुनको अभाव भएको समाचार सम्प्रेषणप्रति ध्यानाकर्षण भएको हो ।

सोहि समाचार आएपछि साल्ट ट्रेडिङले १० महिना भन्दा बढि समयलाई पुग्ने नुन स्टक रहको सम्पुर्ण उपभोक्ताहरुलाई जानकारी गराएको छ ।

साल्ट ट्रेडिङले शनिबार एक बिज्ञप्ती निकाल्दै देशैभरका जनताहरुलाई करिव १० महिना भन्दा बढि समयसम्म आपुर्ति ब्यवस्था मिलाउन सक्ने क्षमता भएको जानकारी दिएको छ ।

बिज्ञप्त्तीमा भनिएको छ – नेपाल राज्यभरिका जनताहरुलाई नुनको आपुर्ति व्यवस्था मिलाउन कर्पोरेशन अन्तर्गतका विभिन्न कार्यालयहरु समेत मा करिब १,३६,००० मेट्रिक टन गोदाममा र २२,५०० मेट्रिक टन मार्गस्थल गरि करिब १,५८,५०० मेट्रिक टन आयोडिनयुक्त नुन बफर स्टक मौन्दात रहेको जनाएको छ ।

हेर्नुहाेस् बिज्ञप्त्ती :

२०७६ फागुन २५ गते आइतवार १०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु