"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मौसममा स्थानीय वायुको प्रभाव, चट्याङसहित असिना पानीको संभावना

काठमाडौं । अहिले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा पानी परिरहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

आज उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना छ । तर झरीको सम्भावना भने छैन ।

त्यस्तपश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

२०७६ फागुन २४ गते शनिवार १०:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु