अमेरिकि डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको थियो ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा र पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ फागुन २० गते मंगलवार ०९:३१ बजे प्रकाशित