"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

माैसममा पश्चिमी वायुको प्रभाव : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावकाे काराण देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली र बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै अपरान्हपछि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

२०७६ फागुन १८ गते आइतवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु