"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्‍नै पर्ने बताएका छन् ।

गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्‍त्रीले सचिवालयको निर्णय मान्‍ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याएका हुन्। ुउपाध्यक्ष वामदेव गौतमजीलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको हो,ु अध्यक्ष दाहालले भने, ुनिर्णय प्रधानमन्‍त्रीले मान्‍नु हुन्छ, मान्‍नै पर्छ। एकरदुई दिनमा थाह पाइहाल्नु हुन्छ।ु

दाहालले राष्ट्रिय सभाको रिक्त हुने सिटमा वामदेव गौतम नै जाने बताए। ‘अर्थमन्त्रीज्युको पदावधि सकिए पनि ६ महिनालाई प्रधानमन्त्रीज्युले उहाँलाई नै अर्थमन्त्री राख्‍न सक्‍ने हुनु भयो। त्यो प्रधानमन्त्रीको हातको कुरा भयो। उहाँले के चाहनु हुन्छ भन्ने तर राष्ट्रिय सभामा वामदेव गौतमजी नै जानु हुन्छ’ दाहालले भने। राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको यही फागुन २० गतेदेखि कार्यकाल सकिँदैछ । उक्त पदमा गौतमलाई लान लागिएको हो ।

गौतमलाई प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने दाहालले बताए। ‘उहाँले गर्नु हुन्छ मैले त्यत्ति बुझेको हो। गर्नु भएन भने के भन्ने कुरातिर म अहिले जानै चाहन्न। उहाँकै समेत अध्यक्षतामा पार्टी सचिवालयले सर्वसम्मत रुपमा गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नु हुन्छ भनेर म कल्पना पनि गर्न सक्दिनँ’ दाहालले दोहर्‍याए।

सचिवालयका सदस्यमध्ये वामदेव एकजना मात्रै संघीय संसद्को‍ सदस्य बन्‍न बाँकी रहेका कारण राष्ट्रिय सभामा लैजान खोजेको दाहालले बताए।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। पार्टीले निर्णय गरेको केही घण्टा नबित्‍दै ओलीले असहमति जनाएका थिए।

२०७६ फागुन १६ गते शुक्रवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु