सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रपैयाँले घटेको हो ।
सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।
यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ फागुन १६ गते शुक्रवार १३:१२ बजे प्रकाशित