युट्युवमा हेरेर गरिएकाे माटो बिनाको तरकारी खेतीको अवलोकन
स्याङ्जा, उपराष्ट्रपति नन्दबहादुर पुनले स्याङ्जाको गल्याङमा माटो बिनाको तरकारी खेती (आक्वापोनिक्स प्रविधि) को आज अवलोकन गरेका छन्।
गल्याङ नगरपालिका–३ तल्लो गल्याङका ओमबहादुर थापाले सञ्चालन गरेको माटो बिनाको तरकारी खेतीको उपराष्ट्रपति पुनले अवलोकन गरेको हो । उनले कालीगण्डकी गाउँपालिकाको मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाको बाँधस्थल तथा बेल्टारीको विद्युत गृहको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ ।
गल्याङका ओम थापाले युट्युवमा हेरेर पानी र गिटीमा आक्वापोनिक्स प्रविधिबाट माछा तथा तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नै घरमा ५ वटा पोखरी निर्माण गरी माछासँगै घरको छतलमा गिटी र पाइपमा तरकारी खेती गरी उदाहरण प्रस्तुत गर्नुभएको छ ।
२०७६ फागुन १४ गते बुधवार २०:०६ बजे प्रकाशित