मौसम पूर्वानुमान : आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा
काठमाडाै । पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण देशको अधिकांस स्थानहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको हनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ ।
त्यस्तै पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली र मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
२०७६ फागुन १४ गते बुधवार ०९:२६ बजे प्रकाशित