"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

काठमाडौं । ‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे ।

ठमेल चोकस्थित फायर–डे क्याफे एन्ड रेस्टुराँका सञ्चालक दावा तामाङको समस्या पनि होटल व्यवसायी खनालको भन्दा कम छैन । मैले त ठमेल जानै छोडे तामाङले भने, विदेशी पाहुनामा निर्भर होटल–रेस्टुराँ कोरोनाको त्रासका कारण सुक्न थाले । यो पर्यटक भित्रने सिजन हो, गोरो अनुहार भित्रिएको खै त ? प्रश्न गरे र थपे, कोरनाको सन्त्रास विश्वभर फैलिएका कारण त्यसको प्रभाव नेपालमा पनि प¥यो । चीन र नेपाल छिमेकी मुलुक भएकाले कतिपय पश्चिमा मुलुकबाट यता भ्रमणमा निस्कन डराउने गरेको पाइएको छ । विशेष गरी चीनको लगानी र पर्यटकको बाक्लो आगमन हुने ज्याठा क्षेत्र यतिबेला शून्य बनेको हो । नयाँ वर्ष मनाउन जनवरीको अन्त्यतिर गएका चीनका पर्यटन व्यवसायी कोरोनाको सन्त्रासले नेपाल फर्किएका छैनन् । चीनका नागरिकको लगानीबाट सञ्चालित अधिकांश होटल, रेस्टुराँ, कार्गो, रुद्राक्ष पसल नेपाली कामदारको भरमा सञ्चालन हुँदै आएका छन् । हस्तकलाका सामग्री निर्यात ठप्प हुँदा व्यापार व्यवसाय शिथिल देखिएको छ । होटल, रेस्टुराँ र पसल चकमन्न छन् ।

चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो ।

उनले भने,‘चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ ।

२०७६ फागुन १३ गते मंगलवार १०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु