मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको काराण देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ।
देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशको मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंसिक बदली रहनेछ।
मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७६ फागुन १२ गते सोमवार ०९:३२ बजे प्रकाशित