"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मुल्य तोलाको ७८ हजार आठ सय रुपैयाँ पुग्याे, ८० हजारसम्म पुग्ने संभावना 

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।आज सुनको मुल्य तोलामा सात सय रुपैयाँ बढेको हो ।

सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔँस १६ सय ४४ डलर पुगेको छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ

२०७६ फागुन ११ गते आइतवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु