६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री ओली पुख्र्यौली घर जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओली आइतबार(फागुन ११ गते) परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको पुख्र्यौली घर जान लागेको हुन् ।उनको जन्मघर तेह्रथुमको आठराई गाउँपालिका–४ मा पर्दछ ।
त्यही घरमा ओलीको जन्म भएको थियो । जन्मदिनको अवसरमा ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
२०७६ फागुन १० गते शनिवार १९:४१ बजे प्रकाशित