सुनको मुल्य २ सय रुपैंयाँले बढ्यो, तोलाको ७६ हजार ७०० पुग्यो

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो
मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुन आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
२०७६ फागुन ६ गते मंगलवार १६:४१ बजे प्रकाशित