"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पैदल यात्रुमैत्री छैनन् सडकपेटी, जोखिम मोलेर यात्रा गर्दै यात्रु

नेपालगञ्ज । नेपालगञ्जका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन् । जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हिड्नुपर्ने बाध्यता छ । निर्माण भएका सडकपेटीमा व्यवसायीले सामान राखेर हिँड्नै नमिल्ने बनाउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान सकेको छैन ।

विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएरमात्रै आफू अघि बढ्ने संरचना छन् । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्डअनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक ईश्वरी शर्मा बताउछन् । सडक मापदण्ड, २०७० अनुसार १५ मिनेटमा सडकपेटीमा पाँचसय पैदल यात्रु हिँड्ने भएमा एक दशमलब पाँच मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

एक हजार पाँच सयसम्म पैदल यात्रु हिँड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्छ । पैतीस सयसम्म यात्रुको ओहोरदोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ ।

२०७६ फागुन ५ गते सोमवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु