"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमसिसीबारे गठित नेकपाको कार्यदलले माग्यो थप दस दिन समय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदलले समयमा काम नसकेपछि म्याद थप्न माग गरेको छ।

एमसिसी इण्डोप्यासिफिक रणनीतिको अंग भएरनभएको विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माघ १९ गते तीन सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य छन्। कार्यदललाई १० दिनको समय दिइएको थियो।

छलफलका लागि समय चाहिएकाले कार्यदलले १० दिन म्याद थप्न माग गरेको कार्यदलका संयोजक झलनाथ खनालले सेतोपाटीलाई बताए।

कार्यदलले म्याद थप्न माग गर्दै दुई अध्यक्षका नाममा बुधवार पत्र पठाएको र १० दिन समय थपिने अध्यक्ष निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार आवश्यक कागजातहरु उपलब्ध हुन समय लागेकोले समयमै प्रतिवेदन बुझाउन नसकिएको हो। ‘सरकारी कागजपत्रहरु मगाउने काम भइरहेको छ, परराष्ट्रमन्त्रीले व्यक्तिगत तहबाट केही कागजपत्र मगाउनुभएको छ।

तर हामीलाई अध्ययनका लागि धेरै डकुमेन्टहरु चाहिन्छ’ स्रोतले भन्यो ‘एमसिसीबारे काम भइरहेका डकुमेन्टहरु लिनका लागि धेरैतिर समन्वयय गर्नुपर्ने हुन्छ। पार्टीको कार्यदल भएकाले सबै फाइल पाउन समय लागेको छ।’

एमसिसीका पक्ष र विपक्षका धारणाहरुलाई समेटेर सुझाव दिने तयारी भइरहेको स्रोतले जनाएको छ।

२०७६ फागुन २ गते शुक्रवार १३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु