बजारमा भारतबाट आएका सबै तरकारी महँगो, कालीमाटीको तरकारी बजार भारतीय व्यापारीकै कब्जामा
काठमाडौं । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू कालीमाटी आउने गर्छन् तर सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।
कालीमाटी तरकारी बजारमा भारतबाट आएका सबै तरकारी महँगो थियो भने नेपालमा उत्पादित तरकारी सस्तो थियो । भारतबाट आउने भिण्डी, करेला, कटहर, खुर्सानी, लसुन महँंगो छ । भारतबाट आएका करेला थोकमा १३५ रुपियाँ केजी थियो भने खुद्रामा १५० देखि १६० रुपियाँसम्म थियो ।
भारतबाट आएको कटहरको थोक मूल्य केजीको एक सय थियो भने खुद्रा मूल्य १५० देखि १६० रुपियाँ थियो । खुर्सानी ५० रुपियाँ केजी थियो । भारतबाट आएको लसुनको मूल्य केजीको ४४० रुपियाँ थियो तर नेपालमा उत्पादित काउलीको खुद्रा मूल्य ४० रुपियाँ, मूला २०, गाँजर २५ र ब्रोकाउली ४० रुपियाँ केजी थियो ।
नेपालमा भिण्डी, करेला, कटहर लगायतको सिजन नभएका कारण भारतीय व्यापारीले नेपालमा ल्याएर महँगोमा बेचेका छन् तर त्यसको नियन्त्रण गर्ने निकाय यो मामिलामा बोल्न चाहँदैन । कालीमाटीको तरकारी बजार भारतीय व्यापारीकै कब्जामा छ । महासङ्घका घिमिरका अनुसार भारतबाट आलु ६० प्रतिशत, खुर्सानी ९०, कागती ९९, प्याज ९५, भिण्डी ४०, काँक्रो ३०, करेला ९अफ सिजनमा मात्र० शतप्रतिशत आउने गरेका छन् ।
२०७६ फागुन २ गते शुक्रवार १०:०४ बजे प्रकाशित