"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुन आज तोलामा ३ सय रुपैंयाँले बढ्याे

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले बढेको हो ।

सुनको भाउ बिहीबार तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको भाउ बिहीबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ ।

२०७६ फागुन १ गते बिहीवार १९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु