"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बिरामी देखिए, सचेत हुन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शंकास्पद रोगको लक्षण देखिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्रमण फैलिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको संक्रमण अहिले गाउँका २०१ जनामा फैलिएको छ ।

उपाध्यक्ष तामाङले भनिन, वडाले जानकारी गराउने वित्तिकै हामीले यहाँबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टोलीको सहयोगमा बिरामीलाई औषधि खुवाएपछि बिरामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’

तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।

२०७६ माघ २९ गते बुधवार १२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु