काँग्रेसको विरोधको कारण प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचाँै अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।
बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे।
उखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरे । बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए।
२०७६ माघ २६ गते आइतवार १६:०६ बजे प्रकाशित