सुनको मुल्य तोलामा ४०० रुपैंयाँले बढ्यो
काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४०० रुपैंयाँले बढेको हो ।
शुक्रबार तोलामा रु ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२०७६ माघ २६ गते आइतवार १६:०० बजे प्रकाशित