"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि, प्रतिकिलो ६ सय ३५ रुपैयाँ

काठमाडाै‌ । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । लसुनको मुल्य बृद्विसँगै उपभोक्ता मारमा परेका छन्

पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो ।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट आयात गर्दै आएका छन् ।

नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।

२०७६ माघ २३ गते बिहीवार १०:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु