"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

आज यी स्थानरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ ।

यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।

२०७६ माघ २३ गते बिहीवार १०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु