। सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा ८०० रुपैंयाँले घटेको हो ।
छापावाल सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो ।
यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
२०७६ माघ २२ गते बुधवार १२:२० बजे प्रकाशित