"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको भाउ तोलाको ७६ हजार पाँच सय रुपैयाँ

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार नोपली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।

आइतबार छापावाल सुनको भाउ तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

२०७६ माघ १९ गते आइतवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु