आजको मौसम पूर्वानुमानः वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानहरुमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ
मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ ।
त्यस्तै पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७६ माघ १७ गते शुक्रवार ०९:४५ बजे प्रकाशित